+
+
लिग टू क्रिकेट :

नेपालको दोस्रो विकेट गुम्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते ११:०४

२५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

कुशल मल्ल २ रन बनाएर आउट भएका हुन् । उनले ८ बल खेले । कुशललाई पनि पीएनजीका रिले हेकुरेले २०.६ ओभरमा एलेइ नाओबाट क्याचआउट गराएका हुन् ।

२२ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर १२४ रन बनाएको छ । ओपनर आसिफ शेख ७० रन बनाएर खेलिरहेका छन् ।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । हेकुरेकै बलमा आउट हुनुअघि कुशलले ५६ बलमा ४५ रन बनाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?