+
+

नारी दिवसमा बुद्ध एयरले यात्रुलाई बाँड्यो महिला लेखिकाका पुस्तक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते ८:४७

२५ फागुन, काठमाडौं । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुद्ध एयरले महिला यात्रुलाई पुस्तक उपहार दिएको छ । कम्पनीले सांग्रिला बुक्स तथा नेपाल रिपब्लिक मिडयासँगको सहकार्यमा महिला स्रस्टाले रचना गरेका विभिन्न विधाका ३ हजार ५०० पुस्तक आफ्ना यात्रुहरुलाई उपहार प्रदान गरेको छ ।

पुस्तक उपहारमा १७ जना महिला लेखकका उपन्यास, जीवनी, आत्मकथा, कविता तथा राजनीतिक विषयका आख्यान तथा गैरआख्यानका पुस्तकहरु थिए ।

‘नेपाली महिला : पढछन् पनि, उडछ्न् पनि’ भन्ने मुल नारासहित कम्पनीले काठमाडौंसँगै विराटनगर, जनकपुर, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यात्रा गर्ने यात्रुहरुलाई पुस्तक उपहार दिएको जनाएको छ ।

बुधबार बुद्ध एयरमार्फत ७ हजार २५० जना यात्रु विभिन्न गन्तव्यबाट यात्रा गरेका थिए । त्यसमा झण्डै आधा महिला यात्रु रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?