+
+

पर्सामा डुबेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १६:१६

२५ फागुन, वीरगञ्ज । पर्सामा लुठा नदीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । पर्सागढ़ी नगरपालिका– ८ हरपुर टोल बस्ने ५० वर्षीय प्रल्हाद भनिने लक्ष्मी राम चमारको मृत्यु भएको हो ।

उनी बुधबार दिउँसो २ बजे होली खेल्नका लागि निस्केका थिए । स्थानीयबासिन्दाले बिहबिार बिहान लुठा नदीमा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

नदीमा डुबेको अवस्थामा उनको शव निकालिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । शव पोष्टमार्टमको लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?