+
+

निजी डेरीको मनोमानी : दूधको मूल्य लिटरमा १४ रुपैयाँ बढ्यो

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ फागुन २५ गते २१:३७

२५ फागुन, काठमाडौं । निजी डेरीहरुले दुग्ध पदार्थको उपभोक्ता मूल्यमा मनोमानी मूल्य निर्धारण गरेका छन् । बिहीबार देशभरका निजी डेरीहरुको संस्थाले दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका छन् ।

उनीहरुले पनिरको मूल्य किलोमा १४० रुपैयाँले वृद्धि गरेका छन् भने घिउको मूल्य पनि लिटरमा २०० रुपैयाँले बढेको छ । यस्तै दहीको मूल्य लिटरमा २५ रुपैयाँले बढेको छ ।

सरकारले किसानले पाउने दूधको मूल्य लिटरमा ९ रुपैयाँले वृद्धि गरेको एक सतापछि निजी डेरीहरुले दुग्धजन्य पदार्थको मूल्य कुनै मापदण्ड विनै वृद्धि गरेका हुन् । नयाँ मूल्यवृद्धि पछि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर १०० रुपैयाँ पुगेको छ ।

यस्तै दहीको मूल्य एक लिटको १९० रुपैयाँ पुगेको छ भने पनिरको मूल्य प्रति ८४० रुपैयाँ र घिउको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ कायम भएको छ ।

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले दूधको उपभोक्ता मूल्य शुक्रबारदेखि देशभर लागू हुने बताए । अन्य दुग्ध पदार्थको मूल्य भने आइतबारदेखि कार्यान्वयनमा आउने छ ।

‘सरकारले किसानले पाउने मूल्य बढाएसँगै अब दूधको मूल्य एक सय रुपैयाँ पुगेको छ,’ दाहालले अनलाइनखबरसँग भने, ‘निजी डेरीहरुले नयाँ मूल्य उपभोक्ताबाट लिन सुरु गरिसकेका छन् । पहिले भन्दा लिटरमा १४ रुपैयाँले दूधको मूल्य बढेको छ ।’ दाहालका अनुसार एक लिटर दूधको मूल्य १४ रुपैयाँले बढे पनि आधा लिटरको पाउचको दूधको मूल्य भने ५० रुपैयाँ मात्रै कायम भएको बताए ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दूधको मूल्य वृद्धि बिहीबारदेखि लागू गरिएको बताए । ‘अब देशैभर शुक्रबारदेखि दूध नयाँ मूल्यमा खरिद बिक्री हुन्छ,’ उनले भने, ‘दुग्ध पदार्थको मूल्य भने आइतबारदेखि कार्यान्वनयमा आउने छ ।’ दाहालकाअनुसार दूधको मूल्य वृद्धिमा ३० प्रतिशत उद्योगीका लागि र ७० प्रतिशत हिस्सा किसानलाई जाने दाबी गरे । हाल तोकिएको दूधको मूल्य ४ प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस (एसएनफ) युक्त रहेको पनि संघको दाबी छ ।

निजी क्षेत्रको नयाँ मूल्य वृद्धिसँगै सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य बढाउने गृहकार्य थालेको छ ।

संस्थानको बिहीबार बसेको बोर्ड बैठकमा मूल्य बढाउनेबारे छलफल भएको महाप्रबन्धक सञ्जिव झाले बताए । ‘हामी गृहकार्य गर्दैछौं, मूल्य वृद्धिका लागि मन्त्रालयलाई पत्राचार गर्छौं ।’ अर्को साता डीडीसीको दूधको मूल्य बढ्न सक्ने उनले बताए ।

दुग्ध पदार्थको नयाँ मूल्य विवरणः

दुग्ध पदार्थ हालको मूल्य  रुपैयाँ बढेपछिको मूल्य वृद्धि गरिएको मूल्य रु. लिटर/किलो
दूध ८६ १०० १४
दही (बट्टाको) १६५ १९० २५
दही (सादा) ११० १३० २०
पनिर (किलो) ७०० ८४० १४०
बटर (किलो) ८५० १००० १५०
खारेको घिउ (किलो) ११०० १३०० २००

स्रोत : डेरी उद्योग संघ/नेपाल डेरी एसोसिएसन

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?