+
+

युरोपा लिगमा युनाइटेड र युभेन्ट्स विजयी, आर्सनल बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते ८:२५

२६ फागुन, काठमाडौं । युरोपा लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्गलिस क्लब म्यानचेष्टर युनाइटेड र इटालियन क्लब युभेन्ट्स विजयी भएका छन् । आर्सनल भने बराबरीमा रोकिएको छ ।

युनाइटेडले घरेलु मैदान ओल्डट्राफोर्डमा स्पानिस क्लब रियल बेटिसलाई ४–१ ले हरायो ।
युनाइटेडका लागि मार्कुस राशफोर्डले छैठौं, एन्टोनीले ५२औं, ब्रुनो फर्नान्डेजले ५८औं र वाउट वेघोर्स्टले ८२औं मिनेटमा गोल गरे । बेटिसका आयोज पेरेजले ३२औं मिनेटमा एक गोल गरेका थिए ।

इटालियन क्लब युभेन्ट्सले जर्मनीको फेइवर्षलाई १–० ले हरायो । युभेन्ट्सका लागि एन्जल डि मारायले ५३औं मिनेटमा गोल गरे ।

यस्तै स्पानिस क्लब सेभियाले टर्किस क्लब फेनरबाचेलाई २–० ले हरायो । सेभियाका लागि जोन जोर्डनले ५६औं र एरिक लामेलाले ८५औं मिनेटमा गोल गरे ।

आर्सनलले भने पोर्चुगिज क्लब स्पोर्टिङ सीपीसँग २–२ को बराबरी खेलेको छ । आर्सनलका लागि विलियन सालिबाले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । स्पोर्टिङका हिडेमासा मोरिताले आत्मघाती गोल गरे । स्पोर्टिङका लागि गोन्सालो इनासियो र पाउलिन्होले एक–एक गोल गरे ।

जर्मन क्लब बायर लेभरकुजनले फेरेन्सीभारोसलाई तथा इटालियन क्लब रोमाले रियल सोसिडाडलाई समान २–० ले हरायो ।

साख्तर डोनेस्क र फेयेनुर्डले १–१ तथा युनियन बर्लिन र युनियन सेन्ट जिलोइसले ३–३ को बराबरी खेलेका छन् ।

युरोपा लिगको अन्तिम १६ को दोस्रो लेगको खेल मार्च १६ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?