+
+

ओलीको आरोप : माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भए

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १५:५७

२६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परेको आरोप लगाएका छन् ।

विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरुको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरुलाई चोइटो बुझाइदिएको अध्यक्ष ओलीको आरोप छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण समारोहमा उनले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरुले सफलता हासिल गर्न नसकेको बताए ।

अध्यक्ष ओलीले दुई तिहाई पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरुले राजनीतिमा बेइमानी गरेको आरोप लगाए ।

‘हामीले हाम्रै आन्दोलनमा देखेका छौं । फउल खेल्नेहरुले दुई तिहाईमा पुगेको पार्टीलाई कमजोर बनाए । दुई तिहाईको हैसियतको पुगेको आन्दोलनलाई विभाजित गराए । विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा गरे,’ ओलीले भने, ‘सबै गरे । तर तिनीहरुले वास्ताविक सफलता हासिल गर्न सकेनन् ।’

उनले बेइमानीले श्रेष्ठता हासिल नहुने भन्दै इमान्दार प्रयासबाट पाएको सफलता नै असली सफलता भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?