+
+

सृष्टि, अरुण र शुभेच्छा अभिनित फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १७:००

काठमाडौं । चैत १७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । गोविन्द सिंह भण्डारीको निर्देशन रहेको फिल्ममा शीर्ष कलाकारहरु सृष्टि श्रेष्ठ, अरुण क्षेत्री र शुभेच्छा खड्का फिचर्ड छन् । बाघठाटा फ्याक्ट्रीको ब्यानरमा फिल्म बनेको हो ।

ट्रेलरले फिल्मको केन्द्रीय कथावस्तुको खुलासा गरेको छ, जसमा त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको छ । तीन शीर्ष पात्रमार्फत निर्देशकले सम्बन्धमा आउने असमझदारी र उतारचढावको कथा पस्किएका छन् । फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरन जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान् थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियाको पनि अभिनय छ ।

फिल्मलाई विवेक घिमिरे र गोविन्द सिंह भण्डारीले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सविन एकतारे र अनिल शर्माको गीत समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?