+
+

कबड्डी टोली बंगलादेश जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १७:५४

२६ फागुन, काठमाडौं । तेश्रो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली बंगलादेशको ढाका जाने भएको छ ।

भोलि शनिबार ढाका जाने टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

खेलाडीहरुमा लालमोहर यादव, नागेश्वर थारु, प्रवीण खड्का, कुमार लामा, बन्धु राना, रामु टमाटा, घनश्याम रोक्का मगर, विनोद तामाङ, सविन बोहजु, सागर चौधरी, पशुपति शाह र सरमन प्रजापति रहेका छन् ।

प्रशिक्षकमा प्रकाशप्रसाद साह, व्यवस्थापकमा अरविन्दकुमार झा र निर्णायकमा तरुणकुमार यादव रहेका छन् । मार्च ११ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित १२ राष्ट्रको सहभागिता रहने कबड्डी संघका महासचिव विनोद प्रजापतिले जनाएका छन् ।

महासचिव प्रजापतिका अनुसार नेपालसहित श्रीलंका, बंगलादेश, थाइल्यान्ड, मलेसिया, इराक, इन्डोनेसिया, चाइनिज ताइपेइ, अर्जेन्टिना, केन्या, पोल्यान्ड र बेलायत सहभागी हुने छन् ।

यस्तै इरानमा मार्च ५ तारिखमा सम्पन्न भएको दोश्रो जुनियर विश्व कबड्डी च्याम्पियनसिपमा कांस्य जित्न सफल पुरुष टोलीलाई सदस्य–सचिव घिसिङले बधाई दिएका थिए ।

अध्यक्ष थापाले सदस्य–सचिव घिसिङलाई ट्रफी पनि हस्तान्तरण गरेकी थिइन् । उक्त प्रतियोगिताका दौरान भएको एसिायली कबड्डी महासंघको साधारण सभाबाट महासचिव प्रजापति ४ वर्षका लागि उपाध्यक्षमा निर्वाचित भएको जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?