
२७ फागुन, डोटी । ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि डोटीका दुई ठूला बाम संगठनहरुबीच चुनावी तालमेल भएको छ ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बीच जिल्लामा रहेका ६ वटै क्याम्पसमा मिलेर चुनाव लड्ने सहमति भएको अनेरास्वबियुका केन्द्रीय सदस्य वीरबहादुर विष्टले जानकारी दिए ।
बिष्टका अनुसार त्रिभुवन विश्वबिद्यालयको सुदूरपश्चिमकै पुरानो आंगिक क्याम्पस डोटी बहुमुखी क्याम्पसमा अनेरास्वबियुले नेतृत्व गर्ने भएको छ । यस्तै खप्तड आदर्श क्याम्पस, देहीमाण्डौं र सुदूरपश्मि वबश्वबिद्यालय मातहतको सिताराम क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गर्नेछ ।
त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको केदार ज्योतिपुञ्ज क्याम्पस बिपीनगर, दिपायल क्याम्पस दिपायल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतको सेती महाकाली क्याम्पस जोरायलमा अखिल क्रान्तिकारीले नेतृत्व गर्नेछ ।
सहमति अनुसार जुन क्याम्पसमा जुन संगठनले सभापति पायो कोषाध्यक्ष पनि सोही संगठनको हुनेछ । उपाध्यक्ष र सचिव फरक संगठनबाट हुने र संगठनको अवस्था अनुसार सहसचिव र सदस्यहरुको बाँडफाँड गरिएको अखिल क्रान्तीकारीका जिल्ला अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।
प्रतिक्रिया 4