+

हालान्डको गोलमा सिटी विजयी

२०७९ फागुन  २८ गते ७:४२ २०७९ फागुन २८ गते ७:४२
हालान्डको गोलमा सिटी विजयी

२८ फागुन, काठमाडौं । एर्लिन हालान्डको एक मा गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिवार राति क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ ।

प्यालेसको मैदानमा भएको खेलमा सिटीलाई जिताउन हालान्डले ७८औं मिनेटमा पेनाल्टीमा गोल गरे । प्यालेसका माइकल ओलिसले इल्के गुन्डागोनलाई फल गरेपछि प्राप्त पेनाल्टीमा हालान्डले गोल गरेका हुन् ।

जितपछि २७ खेलबाट सिटीले ६१ अंक जोडेको छ । दोस्रो स्थानको सिटीले शीर्ष स्थानको आर्सनलसँग अंकदूरी २ मा झारेको छ ।

आर्सनलले एक खेल कम खेलेको छ ।

लिगकै अन्य खेलमा टोटनहमले नटिङहम फरेस्टलाई तथा चेल्सीले लेस्टर सिटीलाई ३-१ ले पराजित गरेको छ ।

लिभरपुल भने एएफसी बर्नमाउथसँग १-० ले पराजित भएको छ ।

जितपछि चौथो स्थानको टोटनहमले २६ खेलबाट ४८ अंक जोडेको  छ र पाँचौ स्थानको लिभरपुलसँग ६ अंकको अग्रता बनाएको छ । लिभरपुलको २६ खेलबाट ४२ अंक छ ।

एर्लिन हालान्ड म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय