+
+

‘राधा’को श्यामश्वेत संस्करण निफ फिल्म फेस्टिभलमा प्रिमियर हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते ११:३४

काठमाडौं । सुवर्ण थापा निर्देशित सोसल ड्रामा फिल्म राधाको श्यामश्वेत संस्करण नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा प्रिमियर हुने भएको छ । हलमा रिलिज भएको भन्दा छोटो र ‘डाइरेक्टर कट’लाई दर्शकले निफमा हेर्न पाउने भएका छन् ।

सौगात मल्ल र देवकी विष्टले निर्माण गरेको यो फिल्मलाई छायांकनकै क्रममा रंगीन र श्यामश्वेत दुई संस्करणमा खिचिएको थियो । फेस्टिभलमा फिल्मको श्यामश्वेत संस्करण प्रदर्शन हुने निर्देशक थापाले जानकारी दिए ।

हल रिलिजको बेला १ घण्टा ५० मिनेट लम्बाइ रहेपनि श्यामश्वेत संस्करण चाहिं १ घण्टा ३५ मिनेट रहेको छ । राधाले निफसँगै फेस्टिभलको अन्तर्राष्ट्रिय यात्रा थालेको छ । ‘दर्शकले फेस्टिभलमा डाइरेक्टर कट्लाई हेर्न पाउनुहुनेछ,’ निर्देशक थापाले अनलाइनखबरसँग भने ।

आगामी शनिबार क्यूएफएक्सको सिभिल मल मल्टिप्लेक्समा दर्शकले यो फिल्मलाई हेर्न पाउने भएका छन् । यस वर्षको सुरुवातमा रिलिज भएको यो फिल्मलाई पर्याप्त शो नदिइएको भन्दै रिलिजको दुई दिनमै निर्माताले हलबाट उतारेका थिए । जसले गर्दा अधिकांश दर्शक यो फिल्म हेर्नबाट बञ्चित रहे तर समीक्षकले फिल्मलाई रुचाएका थिए ।

पूर्वमिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्मले पतिको खोजीमा निस्किएकी पत्नीको कथा भन्छ । निफ फिल्म फेस्टिभल चैत २ गतेदेखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?