+
+

साहित्यकार रत्न प्रजातिलाई ‘पुष्पपराग वर्ष सम्मान’ प्रदान गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १२:०४

काठमाडौं । यस वर्षको पुष्पपराग वर्ष पुरस्कार तथा सम्मान  साहित्यकार रत्न प्रजापतिलाई प्रदान गरिने भएको छ । पुष्पपराग साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने पुरस्कार ‘पुरस्कार छनोट समिति’को सिफारिसको आधारमा प्रजापतिलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा. प्रदीपकुमार मैनालीले बताए । उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।

यसैगरी प्रतिष्ठानले नै प्रदान गर्ने नील-गंगा भाषा साहित्य पुरस्कार तथा सम्मान शरद्चन्द्र वस्ती, तिलकुमारी खड्का स्मृति पुरस्कार तथा सम्मान शोभा दुलाल, पद्मावती गीत-संगीत पुरस्कार तथा सम्मान हरिदेवी कोइरालालाई प्रदान गरिनेछ ।

शुक्रमन्दिर लोक साहित्य पुरस्कार सत्यकला राई, कृष्णलीला-गोपिनी सिवाकोटी स्मृति पुरस्कार छेवाङ तेन्जिङ लामा, परममाया कृष्णप्रसाद थपलिया पुरस्कार डिल्लीप्रसाद मुल्तिहुनलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

यस्तै नेपाली साहित्यमा योगदान गरेवापत प्रत्येक वर्ष एक जना सर्जकलाई दिइने मानार्थ सदस्यता यस वर्ष साहित्यकार डा. भोजराज घिमिरेलाई प्रदान गरिने भएको छ । पुरस्कार तथा सदस्यता प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा आगामी चैत २५ गते आयोजना हुने समारोहमा प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?