+
+

उपभोक्तामा महँगी कायमै, होलसेलमा केही सुधार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १३:१६

२८ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा उपभोक्तामा मूल्यवृद्धि कायमै रहेको र थोक बजारमा भने केही सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आइतबार आर्थिक वर्षको ७ महिनाको वित्तीय तथ्यांक सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो जानकारी दिएको हो ।

बैंकको विवरणअनुसार चालु आर्थिक वर्षको माघ महिनामा उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत थियो । केन्द्रीय बैंकको विवरणअनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ६.१९ प्रतिशत रहेको छ भने गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत छ । गत वर्ष यस अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.९३ प्रतिशत र गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ६.४९ प्रतिशत थियो ।

यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गतको समूहको मूल्य सूचकांक १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको केन्द्रीय बैंकले जनाएको छ ।

२०७८ माघ महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ६.९१ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मुद्रास्फीति थियो ।

खुद्रामा उपभोक्ता मूल्यवृद्धि कायमै रहँदा थोकमा भने केही राहत देखिएको छ । राष्ट्र बैंकको विवरणअनुसार गतवर्ष माघमा १०.३४ प्रतिशत रहेको मुद्रास्फीति यस वर्ष घटेर ९.६७ प्रतिशतमा झरेको छ । समीक्षा महिनामा उपभोग्य वस्तु ३.४९ प्रतिशत, मध्यवर्ती वस्तु १४.०२ प्रतिशत र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ५.४४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२.०७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?