+
+

नेटफ्लिक्समा नेपाली फिल्म पनि राख्‍न नेपाल भ्रमणमा रहेको टोलीसँग आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १६:३४

काठमाडौं । हलिउड स्टुडियो वार्नर ब्रोज र स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ४० जनाको टोली यतिबेला नेपाल भ्रमणमा छ । नेपालमा चार दिन बिताएको टोली भ्रमण सकेर आइतबार राति सिंगापुर फर्कंदैछ । नेपालमा रहँदा यो जम्बो टोलीले सगरमाथा आधार शिविर घुमघाम समेत गर्‍यो ।

वार्नर ब्रोज र नेटफ्लिक्सका सिंगापुर कार्यालयका प्रमुखहरुसँग आइतबार एप्पल इन्टरटेनमेन्ट र रेगल सिनेमाजका प्रमुख तथा चलचित्र संघका पूर्वअध्यक्ष नकिम उद्दिनले भेटवार्ता गरेका छन् । काठमाडौंको एक होटलमा भएको उक्त भेटवार्तामा उद्दिनसहित वार्नर ब्रोजका दक्षिण एसियासहित पूर्वी एसियाली क्षेत्रका अध्यक्ष क्लेमेन्ट्स स्क्वेबिग र नेटफ्लिक्सका सिंगापुरका कार्यकारी अधिकृत टोनी जेमिज्स्कोवी सहभागी थिए ।

भेटवार्तापछि अनलाइनखबरसँग कुरा गर्दै उद्दिनले उक्त टोली घुमघामको उद्देश्यले नेपाल आएपनि आफूहरुले सहकार्यका क्षेत्रबारे छलफल गरेको बताए । उक्त अवसरमा उद्दिनले टोनी र क्लेमेन्ट्सलाई पछिल्लो समय नेपाली फिल्मले देश तथा विदेशमा आकार विस्तार गर्दै गएको भन्दै बुझाएका थिए । उनीहरुले पछिल्लो समय नेटफ्लिक्सले नेपालमा लोकप्रियता पाइरहेको समेत बताएको जानकारी दिए ।

उनले राम्रा नेपाली फिल्मलाई नेटफ्लिक्समा राख्न आग्रहसमेत गरेका थिए । जवाफमा प्रमुख कार्यकारी अधिकृत टोनीले भारतमार्फत आउन सुझाव दिएका थिए । ‘मैले राम्रा नेपाली फिल्मलाई नेटफ्लिक्समा राख्नु राम्रो हुनेछ भने भनें । उहाँले भारतमार्फत आउन आग्रह गर्नुभयो । मैले सिंगापुरमार्फत नै आउन सके सहकार्य गर्न सजिलो हुने बताएँ,’ क्यूएफएक्सका निर्देशक समेत रहेका उद्दिनले भने, ‘सिंगापुरबाट हेर्दा सबै कामको च्यानलिङ र डकुमेन्टेसन गर्न सजिलो हुने थियो भन्ने कुरा राखें । उनीहरु मेरो कुराले कन्भिन्स भए ।’

हलिउड स्टुडियो वार्नर ब्रोजको फिल्म वितरण नेपालमा एप्पल इन्टरटेनमेन्टले गर्दै आइरहेको छ । भेटमा व्यावसायिक सहकार्यका सम्भावनाबारे समेत कुराकानी भएको उद्दिनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?