
२८ फागुन, काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
पौडेलले आइतबार केन्द्रीय कार्यसमिति सदस्यका साथै साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए ।
सभापति शेरबहादुर देउवाले पार्टी विधानअनुसार अइतबारदेखि नै लागू हुने गरी पौडेलले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
साथै, देउवाले राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यम्पादन गर्न पौडेल सफल हुने विश्वाससमेत व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4