+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

राप्ती नगरपालिकामा अख्तियारको छापा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते २१:२०

२८ फागुन, चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राप्ती नगरपालिका, चितवनमा छापा मारेको छ र, उजुरीसँग सम्वन्धित कागजातहरु लगेको छ ।

नगरपालिका प्रमुख शम्शेर लामाले सचिवालयको लागि भन्दै खरिद नै नगरेको मोवाइलको विल पेश गरेर भुक्तानी गराएको, इन्धनको लागि १ बर्षलाई छुट्टाएको रकम ८ महिनामै सकेको, विपद्को लागि छुट्टाएको ७० लाख रुपैयाँ मनपरी वितरण गरेको, नगरपालिकामा नियम विपरित कर्मचारी राखेको जस्ता उजुरी परेपछि अख्तियारको हेटौंडा कार्यालयबाट टोली खटिएको थियो ।

नगरपालिकाको कामकारबाहीलाई लिएर १६ वटा उजुरी परेको छ ।उजुरीको छानविनको लागि आवश्यक कागजात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

नगरपालिकाका सूचना अधिकारी मुक्ति पौडेलले अख्तियारको टोलीले नगरपालिका आएर उजुरी परेको भनिएका बिषयसँग सम्बन्धित सबैको फोटोकपी लगेको बताए ।’धेरै बिषयमा उजुरी परेको रहेछ, करिब सबै श्रेस्ताको फोटोकपि लगेको छ’ पौडेलले भने  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?