+
+

अब ९० सेकेण्डसम्मको फेसबुक रील्स बनाउन सकिने

एजेन्सी एजेन्सी
२०७९ फागुन २९ गते ७:१४

मेटा कम्पनीले फेसबुक प्रयोगकर्ताका लागि केही नयाँ सिर्जनात्मक अभिव्यक्तिसँग सम्बन्धित फिचरहरू सार्वजनिक गरेको छ । जसअनुसार अब फेसबुक प्रयोगकर्ताहरुले ९० सेकेण्डसम्मको फेसबुक रील्स भिडियो बनाउन सक्नेछन् । यसअघि एक मिनेटसम्मको मात्रै फेसबुक रील्स बनाएर अपलोड गर्न सकिन्थ्यो ।

Meta for Creators नामक फेसबुक अकाउन्टबाट मेटा कम्पनीले उक्त नयाँ फिचरको घोषणा गरेको हो । अब प्रयोगकर्ताले इन्स्टाग्राममा जस्तै फेसबुकको Memories बाट Ready-made  रील्स पनि बनाउन सक्नेछन् ।

साथै कम्पनीले Grooves नामक नयाँ फिचर पनि लञ्च गरेको छ । यो फिचर अब कुनैपनि गीतको बिट अनुसार प्रयोगकर्ताको भिडियोको गतिलाई align तथा synchronize गर्नेछ ।

त्यस्तै नयाँ थप गरिएको Templates टूल्समार्फत् प्रयोगकर्ताले ट्रेण्डिङ सामग्रीमा सजिलैसँग आफ्नो रील्स भिडियो तयार गर्न सक्नेछन् ।

स्मरणरहोस् मेटा कम्पनीले यी सबै फिचर इन्स्टाग्राम रील्समा सात महिनाअघि नै उपलब्ध गराइसकेको छ ।

प्रतिस्पर्धी प्लाटर्फम टिकटकले १५ मिनेटसम्मको भिडियो बनाउन सकिने गरी युट्युबलाई टक्कर दिन पुगेसँगै मेटाले पनि फेसबुक रील्सलाई लम्ब्याएको हो ।

सन् २०२० मा इन्स्टाग्राम रील्स सुरु गरी टिकटकसँग प्रतिस्पर्धामा उत्रिएको मेटा कम्पनीले गतवर्ष मात्रै फेसबुक रील्स लञ्च गरेको हो ।

एजेन्सी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?