+
+

अस्कलमा फौजदारी अभियोग लागेका व्यक्ति उम्मेदवार भएको भन्दै ताला

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १४:३३

२९ फागुन, काठमाडौं । स्ववियु चुनावमा फौजदारी अभियोग लागेको व्यक्ति उम्मेदवार बनेको भन्दै लैनचौरस्थित अमृत क्याम्पस (अस्कल) मा विभिन्न विद्यार्थी संगठनले ताला लगाएका छन् ।

अखिल क्रान्तिकारी, अनेरास्ववियू, नेकपा बहुमतको अनेरास्ववियु क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले फौजदारी अभियोग लागेकाहरुको उम्मेदवारी खारेज नभएसम्म ताला नखोल्ने अडान लिएका छन् ।

उनीहरुले अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार कमलराज जोशी, प्रत्यक्षतर्फ सदस्यका उम्मेदवार गोपालबहादुर शाही, समानुपातिक तर्फका सदस्यका उम्मेदवार पंकज पाण्डे, दिनेश सिग्देलविरुद्ध फौजदारी अभियोग रहेको बताएका छन् ।

अनेरास्ववियुका इकाई अध्यक्ष रुद्रहरि पोखरेल र पूर्वअध्यक्ष कमलराज जोशीविरुद्ध क्याम्पस प्रशासनले नै गत वैशाखमा सीएसआईटीको भर्ना प्रक्रियामा कीर्ते गरेको आरोपमा प्रहरीमा जाहेरी दिएको थियो । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी पनि जारी गरेको थियो ।

यही घटनामा पोखरेल पक्राउ परी २४ दिनमा छुटेका थिए । त्यही जाहेरी फिर्ता गर्न दबाव दिंदा नमानेका उपप्राध्यापक दिवाकर पाण्डेलाई अनेरास्ववियुमा आवद्ध विद्यार्थीले गत २२ जेठमा हातपात गरेका थिए । कुटपिटमा संलग्न भएको आरोपमा पंकज पाण्डे, गोपालबहादुर शाही र दिनेश सिग्देलविरुद्ध ज्यान मार्ने उद्योगमा क्याम्पसले उजुरी दिएको थियो ।

निर्वाचन अधिकृत उमाकान्तलाल कर्णले भने कानुनी सल्लाहाकारको राय लिएर उम्मेदवारको नामावली सार्वजनिक गरेको बताए । उनले भने, ‘हाम्रो निर्देशिकामा उनीहरुले नपाउने भन्ने स्पष्ट छैन । मैले कानुनी सल्लाहकारसँग कुरा गर्दा हुन्छ भनेपछि सार्वजनिक गरिएको हो ।’

अमृत क्याम्पसको निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?