+
+

संसदमा महिलाहरुको भूमिकाको मूल्‍यांकन हुन सकेन: मन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १४:४८

२९ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छिन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा महिलाहरुले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन् । उनले अबसर पाएका महिलाहरुलाई असफल हुने छुट नभएको बताइन्। उनले संसदमा कानून निर्माण गर्दा महिलाहरुले नै सबैभन्दा बढी संशोधन गर्ने भए पनि त्यसको मूल्यांकन हुन नसकेको बताए ।

उनले भनिन्, ‘हामीले देखेका छौं, संसदभित्र हेर्‍यौं भने हामी कानून बनाउँदै गर्दा सबैभन्दा धेरै कानून बनाउँदा संशोधन महिलाले नै हाल्छन्, संसदमा कोरम पुर्‍याउन सबैभन्दा ठूलो संख्या महिलाको नै हुन्छ । तर पनि बाहिर आउँदा मूल्यांकन हुँदैन, चर्चासम्म पनि हुँदैन । राजनीतिक तहमा आउँदा । संसदमा हेरेर सबैभन्दा बढी कानून बनाउने कुरामा महिला सक्रिय छन् की पुरुष यसको पनि मूल्यांकन हुनुपर्छ।’

मन्त्री शर्माले संसदमा कोरम पुर्‍याउने सवालमा पनि महिलाहरुको उपस्थिति महत्वपूर्ण रहेपनि त्यसको बाहिरी पक्षमा मूल्यांकन गर्न नसकेको बताइन् । उनले संसदको बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि महिलाहरुको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरुले महिलाको मूल्यांकन गरी खोजमूलक पत्रकारिता गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘नीति निर्माण गर्ने ठाउँमा हामी पुगेका छौँ। कति सफल भएका हौँला, कति असफल भएका हौँला। अवसर पाएका पुरुषहरु सबै सफल हुँदैनन्, अवसर पाएका महिलाहरु पनि सबै सफल हुँदैनन् । तर समस्या के छ भने महिला सफल नहुँदा त्यो कम्युनिटी असफल हुन्छ, पुरुष असफल हुँदा व्यक्ति मात्रै हुन्छ । यहाँनेर समस्या छ । संसदको बैठक आयोजना र व्यवस्थापन गर्नेकुरामा पनि कसको बढी सहभागिता छ, यसकुरा चर्चाको विषय बन्नुपर्छ।’

मन्त्री शर्माले पुरुष असफल हुन भनेको एउटा व्यक्ति मात्रै असफल हुनु रहेको तर महिलाहरु असफल हुँदा समाज नै असफल हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?