+
+

अष्ट्रेलियासँगको टेष्ट शृंखला भारतलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १७:३०

२९ फागुन, काठमाडौं । भारतले अष्ट्रेलियासँगको टेष्ट शृंखला २–१ ले जितेको छ ।

अहमदावादमा भएको चौथो तथा अन्तिम टेष्ट बराबरीमा सकिएपछि घरेलु टोली भारतले शृंखला २–१ ले जितेको हो ।

अन्तिम टेष्टको पहिलो इनिङसमा ४८० रन बनाएको अष्ट्रेलियाले दोस्रो पालीमा २ विकेटको क्षतिमा १७५ रन बनाउँदा अन्तिम दिनको खेल सकिको थियो ।

पहिलो इनिङ्समा भारतले ५७१ रन बनाएको थियो । चार वर्षपछि टेष्ट क्रिकेटमा शतक पूरा गरेका विराट कोहलीले  १८६ रन बनाएका थिए ।  समयका अभावका कारण भारतले दोश्रो इनिङसमा ब्याटिङ नै गर्न पाएन ।

वर्ल्ड टेष्ट च्यम्पियनसीपको शीर्ष दुईमा रहेका भारत र अष्ट्रेलियाले फाइनल खेल्ने छन् । वर्ल्ड टेष्ट च्यम्पियनसीपको फाइनल ७ जुनमा लण्डनको ओभलमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?