+
+

सूर्य नेपाल सेन्ट्रल ओपन भोलिदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १८:४०
फाइल तस्वीर ।

२९ फागुन,  काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपन भोलि मंगलबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ ।

७२ होलको प्रतियोगिता शुक्रबारसम्म हुनेछ । ३६ होलको समाप्तिमा कट लागु हुनेछ ।

जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम ३६ होलको लागि स्थान बनाउनेछन् ।

कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा‌ ३१ प्रोफेसनल खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछन् । दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् ।

चौथो र पाँचौं हुने खेलाडीले क्रमश ५५ हजार र ४७ हजार हात पार्नेछन् । साथै उत्कृष्ट २१ मा पर्ने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌ ।

प्रतियोगितामा नेपाल नम्बर एक शुक्रबहादुर राईसँगै भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, निरज तामाङ र रवि खड्का प्रतियोगिताको दाबेदार खेलाडी हुन्‌ ।

प्रोफेसनल दाबेदार खेलाडीलाई १३औं दक्षिण एसियाली खेलकूदका दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङले चुनौती दिनेछन् ।

यस्तै राष्ट्रिय टोलीका खेलाडी सद्भाव आचार्य, युवराज भुजेललले पनि उत्कृष्ट खेल खेल्ने अनुमान गरिएकोछ ।

प्रतियोगितामा कुल नौ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । देशका शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीबीचको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउनका लागि गोकर्ण गल्फ कल्बले सम्पूर्ण तयारी पूरा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?