+
+

संयोग र नविता च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १९:५२

२९ फागुन, काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठ १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । खुलातर्फ सिंगल्सको पुरुषमा संयोग र महिलामा नविता पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा संयोगले आफ्नै क्लबका विनेश खनियाँलाई ११–९, ७–११, १५–१३, १३–११ र १४–१२ को सेटमा पराजित गरे । एभीएम टेबलटेनिस क्लबका रुविन महर्जन र गल्कोपाखा सेवा समाजका चन्दन शाही तेश्रो भए ।

महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन नविताले सौभाग्य ज्वेलर्सकी रविना महर्जनलाई १–११, ११–३, ११–८, ११–४, ७–११ र ११–४ को सेटमा हराइन् ।

प्रहरीका मन्जु सुवाल र यशस्वी अवाल तेश्रो भए । पुरुष-महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०-१० हजार नगद पुरस्कार जिते ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला टिम इभेन्टमा प्रहरी पहिलो भयो ।

प्रहरीले फाइनलमा सौभाग्य ज्वेलर्सलाई ३–१ ले पाखा लगायो । प्राइम ग्लोबल र कान्तिपुर भ्याली पिङपोङ क्लब तेश्रो भए ।

मिडियाको पुरुष सिंगल्स फाइनलमा मनोहरी थापाले मदन आचार्यलाई ११–३, ११–८ र ११–८ को सोझो सेटमा पन्छ्याउदै पहिलो स्थान हात पारे । सुमन प्रधान तेश्रो बने ।

प्रतियोगिताको कलेजतर्फ २ स्वर्ण र १ कांस्यसाथ प्राइम टिम च्याम्पियन बन्यो । स्कुलतर्फ श्रृजना ज्ञान सागर १ स्वर्ण, २ रजत र ४ कांस्य जित्दै समूह विजेता भयो ।

‘टेबलटेनिस फर अल’ नाराका साथ भएको पाँचदिने प्रतियोगितामा विभिन्न ३४ स्पर्धामा ३ सय खेलाडीले सहभागिता जनाएको आयोजक काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?