+
+

यू-२० नेपाली टोली स्वदेश फर्कियो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते ९:१०

३० फागुन, काठमाडौं ।एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो चरण पार गरी दोस्रो चरणमा प्रवेश गरेको नेपाली टोली स्वदेश फर्किएका छन् ।

नेपाली टोली मंगलबार बिहान स्वदेश फर्किएका हुन् । टोलीलाई  एन्फा सदस्य सरिला श्रेष्ठ र एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए।

प्यालेस्टाइनका भएको यू-२० महिला एसियन कप छनोटमा पहिलो चरणको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

नेपाललु समूहमा घरेलु टोली प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्डलाई समान ६-० ले पराजित गरेको थियो ।

यस समूहमा रहेको यूएईले नाम फिर्ता लिएपछि समूह बी मा तीन टिम मात्र सहभागी थियो ।

नेपालसँगै अष्ट्रेलिया, चीन, भियतनाम, म्यानमार, इरान, चाईनिज ताईपेई र लेवनान दाेस्राे चरणमा प्रवेश गरेका छन् ।

अब यी ८ टिमलाई दोस्रो चरणमा दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहको उत्कृष्ट २-२  टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । दोस्रो चरणको खेल जुन ३-११ मा हुनेछ ।

सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू-२० महिला एसियन कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सीधै छनोट भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?