+
+

राजनीति भनेकै गुटबन्दी र जालझेल भयो : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १४:१४

३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको टिप्पणी गरेका छन् ।

मंगलबार मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताए । ‘अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? गुटबन्दी र जालझेल मात्र छ । कसले प्रतिस्पर्धा गरेको छ ?’ उनले प्रश्न गरे, ‘एमालेसँग प्रतिस्पर्धा गर्न कसले आँट गरेको छ ?’

राजनीतिक दलहरुको नाममा राष्ट्रिय वा नेपाल भने पनि उनीहरु न राष्ट्रिय न नेपालको भएको बताए । ओलीले अघि भने, ‘पपेट छन् ।’

यो बेला मानवअधिकारको उल्लंघन सामान्य हुनसक्ने भन्दै उनले यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । ‘मानवअधिकारको भ्वाइलेसन सामान्य हुने स्थितिबाट बदल्नुपर्छ, भ्वाइलेसन असाधारण कुरा हो, यसलाई अन्त्य गरिनैपर्छ’ उनले भने ।

ओलीले मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएको आफू मृत्युदण्डको पक्षमा नरहेको पनि बताए । संयुक्त राष्ट्रसंघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको उनको भनाइ छ ।

‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण स्थायी रुपमा, हामी नेपालीहरु, बुद्ध जन्मेका देशका बासिन्दाहरु, यहाँका नागरिकहरु कहिल्यै पनि मृत्युदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानुहुँदैन भन्ने मेरो दृढ मत हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?