+
+

अन्तर्राष्ट्रिय जुनियर जुडो यसै साता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १५:०३

३० फागुन, काठमाडौं । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय जुनियर जुडो प्रतियोगिता आगामी शुक्रबार र शनिबार हुने भएको छ ।

त्यसअघि राष्ट्रिय रेफ्री सेकिामर र तेस्रो भेट्रान्स जुडो प्रतियोगिता पनि सन्चालन हुनेछ ।

नयाँबजारस्थित वहुउद्धेश्यीय मार्शल आर्ट केन्द्रमा बुधबार र बिहीबार राष्ट्रिय रेफ्री सेमिनार तथा त्यसपछिका दुई दिन प्रतियोगिता सञ्चालन हुने खेलकुद महासंघका उपाध्यक्षसमेत रहेका जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा नेपाल र भुटानका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । भुटानबाट १८ सदस्यीय टिम नेपाल आउनेछ । नेपालबाट देशभरका जिल्ला तथा डोजोबाट छानिएका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषमा १४९ र महिलातर्फ १०४ गरी २५३ जना खेलाडीले तीन विधामा प्रतिस्पर्धा गर्नेछन् । सब क्याडेट, क्याडेट र जुनियर गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ ।

सब क्याडेटको पुरुषतर्फ २० केजीमूनि, २४ केजीमूनि, २७ केजीमूनि, ३० केजीमूनि, ३४ केजीमूनि, ३८ केजीमूनि, ४२ केजीमूनि, ४६ केजीमूनि, ५० केजीमूनि, ५५ केजीमूनि, ६० केजीमूनि र ६० केजीमाथि तौलसमूह छन् । यो विधाको महिलातर्फ २२ केजीमूनि, २५ केजीमूनि, २८ केजीमूनि, ३२, केजीमूनि, ३६ केजीमूनि, ४० केजीमूनि, ४४ केजीमूनि, ४८ केजीमूनि, ५२ केजीमूनि र ५२ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

क्याडेटतर्फ पुरुषमा ५० केजीमूनि, ५५ केजीमूनि, ६० केजीमूनि, ६६ केजीमूनि, ७३ केजीमूनि, ८१ केजीमूनि, ९० केजीमूनि र ९० केजीमाथि तथा महिलामा ४० केजीमूनि, ४४ केजीमूनि, ४८ केजीमूनि, ५२ केजीमूनि, ५७ केजीमूनि, ६३ केजीमूनि, ७० केजीमूनि र ७० केजीमाथि र्तालमा प्रतिस्पर्धा हुनेछ । जुनियर विधाको पुरुषतर्फ ६० केजीमूनि, ६६ केजीमूनि, ७३ केजीमूनि, ८१ केजीमूनि, ९० केजीमूनि, १०० केजीमूनि र १०० केजीमाथि तथा महिलातर्फ ४८ केजीमूनि, ५२ केजीमूनि, ५७ केजीमूनि, ६३ केजीमूनि, ७० केजीमूनि, ७८ केजीमूनि र ७८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

ग्रासरुटबाट खेलाडी उत्पादन तथा खेलको विकासका लागि नेकोसले जुनियर प्रतियोगिता सञ्चाललन गरेको नेकोस उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको निरीक्षणका लागि जापानबाट दुईजना विश्व च्याम्पियन खेलाडी आउनेसमेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?