+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सबै वामपन्थीहरुको गन्तव्य एमाले हो : सचिव भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १८:०८

३० फागुन, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सबै वामपन्थी घटकहरू एमाले भित्र गोलबद्ध हुने बताएका छन् । उनले वामपन्थीहरु एमालेमा केन्द्रित भएर त्यसको नेतृत्व केपी शर्मा ओलीले गर्ने बताएका हुन् ।

नेकपा एमाले धनगढी नगर कमिटीले मंगलबार आयोजना गरेको नगर स्तरीय जनसंगठनहहरुको संयुक्त मिसन ग्रासरुट सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता भट्टले वामपन्थीलाई एमाले भित्र केन्द्रित हुनुपर्ने समेत बताए ।

‘सबै वामपन्थीहरू अब एमालेभित्र केन्द्रित हौं, त्यसको नेतृत्व केपी शर्मा ओलीले गर्नुहुन्छ’ उनले भने, ‘वामपन्थीहरू सबैको गन्तव्य अब एमाले हो ।’ हालै सम्पन्न भएका तीन तहका निर्वाचनमा एमालेले आन्तरिक कारणले अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकिएको उनको भनाइ थियो ।

‘जनताले एमालेलाई कसरी बुझेका छन् भन्ने बिषयमा ग्रासरुटले प्रस्ट पार्ने छ’, उनले भने ‘त्यसका लागि घर घरसम्म पुगेर पार्टीका बिषयमा सुझाव संकलन गर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?