+
+

चिनियाँ राष्ट्रपति सीले दिए पौडेललाई बधाई

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १८:२९

३० फागुन, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएका छन् । गत विहीबार निर्वाचित भएका राष्ट्रपति पौडेललाई तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा चयन भएका सीले बधाई सन्देश पठाएका हुन् ।

सन्देशमा सीले हिमाल र नदीमार्फत जोडिएका नेपाल र चीनबीच सन् १९५५ पछि कूटनीतिक सम्बन्ध स्थापना भएयता सुमधुर सम्बन्ध रहँदै आएको र एउटा सानो तथा अर्को ठूलो मुलुकबीच शान्तिपूर्ण सहअस्तित्वको असल उदाहरण भएको उल्लेख गरेका छन् ।

सीले दुई देशबीचको सम्बन्ध विकासमा महत्व दिँदै समकक्षी पौडेलसँग परम्परगात द्विपक्षीय सम्बन्ध र राजनीतिक विश्वास लाई कायम राख्न विश्वास व्यक्त गरेका छन् ।

साथै, बीआरआईमा सहकार्य, सांस्कृतिक विस्तार, नागरिकस्तरको सम्बन्ध आदानप्रदान र दुवै मुलुकको विकास र समृद्धिका लागि रणनीतिक साझेदारी समेत कायम राख्नु पर्ने बताएका छन् ।

यसअघि भारतीय राष्ट्रपति द्रोपदी मुर्मूले पनि राष्ट्रपति पौडेललाई बधाई दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?