+

आफिज ओलावालेको दुई गोलमा मछिन्द्रको पहिलो जित

२०७९ फागुन  ३० गते १९:५३ २०७९ फागुन ३० गते १९:५३
आफिज ओलावालेको दुई गोलमा मछिन्द्रको पहिलो जित

३० फागुन, काठमाडौं । साविक विजेता मछिन्द्र एफसीले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो जित निकालेको छ ।

ओलावाले आफिजले दुई गोल गरेपछि मछिन्द्रले मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबमाथि २-१ को पुनरागमन जित निकालेको हो । ओलावालेले २० औं र ४० औं मिनेटमा गोल गरे ।

त्यसअघि अन्जन राईले नवौं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर पुलिसले अग्रता जोगाउन सकेन । पहिलो जितपछि मछिन्द्रले चार खेलबाट ४ अंक जोडेको छ । पुलिसको भने यो लगातार चौथो हार हो ।

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय