 
																			सिलिकन भ्याली बैंकले गत साता आफ्नो वासलातलाई स्थिर राख्नका लागि २ करोड २५ लाख डलर पुँजी बढाउने घोषणा गर्यो ।
बैंकको यो निर्णयले लगानीकर्ता र निक्षेपकर्ता चकित परे । त्यसको भोलिपल्टै प्राविधिक उद्यमका निक्षेपकर्ताले आश्चर्यजनक रूपमा चार अर्ब २० करोड डलर निक्षेप फिर्ता लगे।
वित्तीय अवस्थालाई नकरात्मक तरलतातर्फ धकेल्ने स्थिति कुनै पनि बैंकका लागि उचित होइन।
यो खबर सनसनी रूपमा फैलिएपछि वित्तीय जानकारहरूले बैंकको लगानी नीतिमा दोष देखाए । ब्याज दर बढेकोप्रति आक्रोश पोखे । नियामक निकाय र जटिल लेखा प्रणालीप्रति रोस प्रकट गरे ।
बैंकको पतनमा निसन्देह यी विषयहरू जिम्मेवार छन्। तर यसको कारणलाई मिहिन रूपमा हेर्ने हो भने बैंकले धितोपत्र तथा विनिमय आयोगमा प्रस्तुत गरेको विवरण हेर्नुपर्छ। त्यस विवरणले जोखिम व्यवस्थापन र सार्वजनिक भइरहेका टीकाटिप्पणीबीचको अन्तर देखाउँछ।
अचानक रूपमा बैंक टाट हुँदा धेरैलाई आश्चर्य लाग्यो। तर यो विषय बोर्ड सदस्यहरूका लागि आश्चर्यजनक थिएन ।
बैंकको १५ महिना यताको गतिविधि नियाल्ने हो भने बैंकले जोखिम अनुमानका विज्ञ नै समावेश नगरि सेयर बेचबेखिन तथा अन्य कारोबार गरिरहेको थियो। जब धरासयी स्थितिको संकेत देखापर्यो बैंकले जोखिम न्युनीकरण बोर्ड नामको बैठकलाई प्राथामिकता दियो।
जोखिम आइपरेपछि बसेको दोब्बर संख्याको बैठकले समस्या मात्रै थाहा पायो समाधानका लागि निकै ढिला भइसकेको थियो। बैंकले बुझाएको प्रतिवेदनका आधारमा कर्पोरेट सुशासन, भुक्तानीमा भएका असामान्य गतिविधि, लगानीमा निरीक्षण वा प्राथामिकता निर्धारणका विषयमा प्रश्न उठाउने धेरै ठाउँहरू छन्।
सिलिकन भ्याली बैंकले तयार पारेको प्रतिवेदन जोखिम शब्दावलीनै १९२ पटक समावेश छ। यो संख्या ठूलो जरूर हो तर त्यस बैंकका लागि आश्चर्यको विषयनै होइन। किनभने यो यस्तो बैंक हो जसले अस्थिर प्राविधिक उद्यममा लगानी गर्दै आएको थियो।
सन् २०२३ मा बैंकले बुझाएको प्रतिवेदनलाई हेर्दा बैंकका ११ बोर्ड सदस्य मध्ये सात जना जोखिम न्यूनीकरण समितिमा थिए। बैंकको अन्य समितिमा भने ५ जना भन्दा बढी सदस्य राखिएको छैन ।
आश्चर्यको विषय के छ भने त्यस समितिमा सबैभन्दा योग्य मानिएका निर्देशक थोमस किङ भने समावेश छैनन्।
बैंकको बोर्ड सदस्यहरूमा उनीजस्तो अनुभवी अरू कोही छैनन् । सन् २०२२ मा यस कमिटीको बैठक १८ गुणा बढी बसेको थियो। संकट उत्पन्न हुँदै गएपछि बैठकको श्रृंखला बढेको थियो वा अन्य कारणले भन्ने विषय अझै प्रस्ट भएको छैन।
सबैभन्दा चिन्ताको विषय के हो भने सिलिकन भ्याली बैंकको २०२२ का बैठक भने जोखिम अधिकारी विनै सञ्चालित छन्।
सन् २०२३ जनवरी ४ मा मात्रै बैंकले जोखिम न्यूनीकरण अधिकारीका रूपमा किम ओस्लनलाई नियुक्ति गरेको थियो ।
बैंकले बुझाएको प्रतिवेदन अनुसार बैंकले जोखिम अधिकारी नियुक्ति सम्बन्धमा सन् २०२२ देखिनै छलफलको प्रारम्भ गरेको थियो। अप्रिल २९ २०२२ मा इजुरिताले जोखिम न्यूनीकरण अधिकारीको जिम्मेवारी सम्हालेकी थिइन्। तर, अक्टोबर १ मै उनको जिम्मेवारी परिवर्तन गरियो। के जोखिम न्यूनीकरण समितिले एउटा अधिकारीलाई काम दिनुको सट्टा १८ पटकको बैठकले त्यसको भरपाई गर्ने सोचेको थियो ?
यस्ता उतारचढावले बैंकको मौजाद र पोर्टफोलियो व्यवस्थापनका उद्देश्यमा असर पुर्यायो।
बर्बादीको बाटो
गत वर्ष बारम्बार बढेको ब्याजदरले बन्ड पोर्टफोलियमोमा असर पुर्यायो । सिलिकन भ्याली बैंकसित अन्यले आफ्नो लगानीको परिपक्कता अर्थात् होल्ड टू म्याचुरिटीमा ध्यान दिए। यसले उनीहरूलाई वास्तविक घाटा लुकाउन सघाउ पुर्याउँथ्यो। यस्तो प्रणालीले उच्च वृद्धिको अपेक्षा गरिएका कम्पनीहरूको आईपीओमा नकरात्मक प्रभाव पार्छ। तसर्थ, कमजोर पुँजी भएका बैंकहरू त्यस्ता कम्पनीको पैसा दिनका लागि घाटा खाएरै भए पनि उनीहरूलाई नगद दिन बाध्य हुन्छन्। यसले वित्तीय संस्थालाई नकरात्मक तरलताको स्थितिमा धकेल्छ।
यस्तो अवस्थाले वर्षभर नै सिलिकन भ्याली बैंक दबाबमा परेको थियो। अस्थिर तथा जोखिमले भरिपूर्ण व्यवसायमा लगानी गरेको बैंकले बजारको क्षमताभन्दा बाहिर गएर पुँजी बढाउने योजना अघि सार्यो। मार्चको घोषणाले बैंक नै टाट पल्टियो।
सीधा रूपमा भन्नुपर्दा बैंकको नेतृत्व आफ्नो आधारभूत दायित्वबाटै च्युत भएको देखिन्छ। छानबिन अनुसार पुँजी बढाउने घोषणा सार्वजनिक गर्नुअघि नै प्रमुख कार्यकारी अधिकृत जर्ज बेकरले ३० करोड ६० लाख डलर बराबरको स्टक बेच्ने निर्णयसमेत गरेका थिए।
बैंकका प्रमुख वित्तीय अधिकृत र प्रमुख बजार अधिकृतले पनि सेयर बेचेको पाइयो । यी अधिकारीहरुबाट अरूले के आशा गरे र यिनीहरूले आन्तरिक बिक्री कहिले सुरू गरे यो प्रश्न उनीहरूप्रति तेर्सिएको छ।
सीएनबीसीको खुलासा अनुसार एफडीआईसीले सिलिकन भ्याली बैंकलाई आफ्नो पकडमा लिनुअघिनै बैंकले कामदारहरूलाई बोनस समेत बाढेको थियो।
प्रमुख कार्यकारी अधिकृत जर्ज बेकरले ४० वर्ष इतिहास बोकेको बैंकमा आफूले कहिल्यै पनि निर्णय लिन नपाएको बताएका छन्।
बैंकको आसन्न खतराबारे बोर्डलाई कहिले जानकारी भयो ? आन्तरिक तथा बाहृय लेखापरीक्षकहरूकले मूल्यांकन र तरलताको समाधानबारे के सुझाएका थिए ? के बोर्डको निर्णयमा प्रमुख कार्यकारी अधिकृतले प्रभावित पारेका थिए ? बैंक टाटा पल्टिन लागेको अवस्थामा दिइएको बोनस वा स्टक बिक्री कति उचित थियो ? यस्ता प्रश्नको उत्तर वा बाँकी विवरणहरू संसदीय र कानुनी छानबिन र नियामकहरूको सोधपुछबाट खुल्दै जानेछन्।
साधरण दृष्टिकोण
नियामक निकायमा बुझाइएको प्रतिवदेनपछि प्राप्त सुझावहरू संस्था सञ्चालनका मार्गनिर्देश हुन् । यो दस्तावेजले सम्बन्धित संस्था सञ्चालनका लागि त्यहाँ भएका जनशक्तिले संकट समाधानका लागि सक्षम छ वा छैन भन्ने दर्शाउँछ। यस्ता दस्जावेजले उनीहरूको कमजोरीबारे धेरै पक्षको उजागर गर्छ।
सिलिकन भ्याली बैंक जस्तो वित्तीय संस्थाको पतनको वास्तविक खुलासामा हुने ढिलाइले जवाफभन्दा बढी प्रश्नहरू छोड्छ ।
संस्थामा सबै कुरा ठीकठाक सञ्चालनका लागि अन्तत बोर्ड नै उत्तरदायी हुन्छ । त्यसैले बोर्डले संस्थाको जोखिम न्यूनीकरणको अवधारणा वा दृष्टिकोण वास्तविक हो वा बयानबाजी निर्क्यौल गर्नेपर्छ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4