+
+
लिग टू क्रिकेट :

पीएनजीले यूएईलाई दियो २३५ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १३:४४

१ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी पीएनजीले यूएईलाई २३५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २३४ रन बनायो । पीएनजीका कप्तान अर्सद भालाले सर्वाधिक ६५ रन बनाए । उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरेका छन् ।

२२ रन बनाउँदा दुई विकेट गुमाएको अवस्थामा ब्याटिङमा आएका भालाले पीएनजीलाई उकासको हुन् । उनले चौथो विकेटका लागि चाल्र्स एमिनीसँग ५३ रनको साझोदारी गरे ।

त्यसअघि किप्लिन डोरिगासँग भालाले तेस्रो विकेटका लागि ४१ रनको साझेदारी गरे ।

ओपनर डोरिगा २४ र एमिनी २२ रनमा आउट भए । अर्का ओपनर हिरी हिरी ४ रनमा नै हजरत विलालको बलमा विकेटकिपर भालथापाबाट क्याच आउट भए । तेस्रो क्रममा आएका ब्याटर सेसे बाउले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । बाउले १५ बलमा ९ रन बनाउँदै क्याच आउट भए ।

गौडी टोकाले १५ रन बनाए । आक्रमक ब्याटिङ गरेका रिले हेकुरेले २२ बलमा ३३ रन बनाएर रन आउट भए । सातौं क्रममा ब्याटिङ गर्न आएका बलिङ अलराउन्डर नोमान भनुवाले ३१ बलमा ४९ रन बनाउँदै अविजित रहे । नवौं ब्याटर चाड सोपर शुन्यमा अविजित रहे ।

यूएईका लागि हजरत विललाले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ४७ रन खर्र्चिए । रोहन मुस्तफा र जवार फरिदले समान १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?