+
+

त्रिचन्द्रमा क्याम्पस परिसरमै सुरक्षाकर्मी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १६:०९

१ चैत, काठमाडौं । त्रिचन्द्र क्याम्पसमा सुरक्षा सतर्कता बढाइएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावलाई दिएर मंगलबार विद्यार्थीहरुबीच झडप भएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

क्याम्पस बाहिर मात्र होइन, परिसरभित्र समेत सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । क्याम्पस प्रशासनले नै भित्रै रहेर सुरक्षा दिन आग्रह गरेको प्रहरीले जनाएको छ ।

देशभरका क्याम्पसमा ५ चैतमा स्ववियु चुनाव हुँदैछ । तर त्रिचन्द्र लगायतका केही क्याम्पसमा विवादका कारण चुनाव तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?