+
+

भारतीय फिल्म निर्देशक अनुपम बर्वेले नेपालमा लेखन र निर्देशन सिकाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १७:२५

काठमाडौं । चलचित्र विकास बोर्डले पटकथा लेखन र निर्देशन विषयमा तीन दिने कार्यशाला आयोजना गर्ने भएको छ । भारतीय फिल्ममेकर तथा फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाका उपप्राध्यापक अनुपम बर्वेले नेपाली फिल्मकर्मीलाई फिल्म पढाउने भएका हुन् ।

बोर्डले चैत ३ देखि ५ गतेसम्म कार्यशाला गर्ने भएको छ । कार्यशालामा निःशुल्क सहभागी हुन सकिने बोर्डले जनाएको छ । बोर्डको हलमा हुने कार्यशालाको उद्देश्य नेपाली फिल्मकर्मीको पटकथा लेखन र निर्देशन क्षमता वृद्धि गर्नु रहेको जारी वक्तव्यमा उल्लेख छ ।

बर्वे पूणेस्थित निर्देशक र चलचित्र शिक्षक हुन् । एफटीआईआईमा फिल्म प्राध्यापनको अनुभव पनि उनीसँग छ । उनी अहिले यास्मिना रेजाको टोनी अवार्ड विजेता नाटक ‘गड अफ कार्नेज’को मराठी रूपान्तरण नाटक ‘उछाड’को निर्देशनमा व्यस्त छन् । मानसिक स्वास्थ्यमा आधारित ‘गोष्ट अहे पृथ्वीमोलाची’ नामक श्रृंखलाको ६ भागको निर्माण तथा निर्देशन गरेका छन् । कामुकता र आत्मप्रभावकारिता वरपरका कथामा आधारित ‘सेफ जर्नीज’ शीर्षकमा आठ भागको वेब सिरिजको निर्माण र निर्देशन पनि गरेका छन् ।

अमिताभ घोषको उपन्यासको रूपान्तरण गरी उनले बनाएको फिचर फिल्म ‘द स्याडो लाइन्स’ ले सन् २०१२ मा भेनिस फिल्म फेस्टिभल र इन्टरनेसनल फिल्म फेस्टिभल अफ इण्डियामा आयोजित एनएफडीसीको पटकथा लेखकको प्रयोगशालामा छनोटमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?