+
+

नक्कली लाइसेन्स बनाएको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १७:४४

१ चैत, काठमाडौं। नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-२५ बस्‍ने २४ वर्षीय पारस साह तुराह रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ‘E’ बर्गको सवारी चालक अनुमती पत्र बरामद गरेको छ । पक्राउ परेका उनीमाथि लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त, गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

साहले ‘E’ बर्गको सवारी चालक अनुमती पत्र लाई A, B, & E बर्गको नक्कली सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?