+
+

उपराष्ट्रपति चुनावअघि दलहरुको बैठक बोलाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १५:२४

२ चैत, काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएकव् भन्दै दलहरुलाई कुनै प्रकारको बैठक, छलफल, अन्तर्क्रिया र सभा समारोह नगर्न आग्रह गरेको छ ।

निर्वाचन हुने भन्दा अघिल्लो दिन आयोगले जारी गरेको विज्ञप्तिमा कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरिएको उल्लेख छ ।

यस्ता गतिविधि गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । बिहीबार विज्ञप्ति निकालेर मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार गर्न प्रतिबन्ध रहेको उल्लेख गरेका छन् । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ ।

उपराष्ट्रपति चुनावमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम, सामाजिक सञ्जालबाट समेत मत माग्न रोक लगाइएको छ ।

आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय गर्न पनि नपाइएको भनिएको छ । राष्ट्रपतिका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको अवधि तोकिएको छ ।

हेर्नुहोस् आयोगको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?