+

खुमलटारलाई हराउँदै सातदोबाटो लिगको शीर्ष स्थानमा

२०७९ चैत  २ गते १७:०६ २०७९ चैत २ गते १७:०६
खुमलटारलाई हराउँदै सातदोबाटो लिगको शीर्ष स्थानमा

२ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार सातदोबाटो युथ क्लबले एफसी खुमलटारलाई २-१ ले पराजित गरेको छ । जारी लिगमा चौथो जित हात पारेको सातदोबाटो चर्च ब्वाइजलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

च्यासल रंगशालामा भएको खेलमा सातदोबाटोको जितमा सरदोरवेक मातमुराटोभ र दीपक राज सिंह ठकुरीले गोल गरे । खुमलटारका राजीव लोप्चनले गोल फर्काए । मातमुराटोभले खेलको १३औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए । दीपकले २५औं मिनेटमा गोल गरी सातदोबाटोको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा दुई गोल गरेको सातदोबाटोविरुद्ध दोस्रो हाफमा खुमलटारले एक गोल फर्काए पनि हार टार्न सकेन । खुमलटारका राजीवले ६३औं मिनेटमा गोल गरे ।

जितपछि पाँच खेलबाट १२ अंक जोड्दै सातदोबाटो शीर्ष स्थानमा उल्को छ । तेस्रो हार बेहोरेको खुमलटारको ५ खेलबाट ६ अंक छ ।

यस्तै एन्फा कम्प्लेक्समा बिहीबारै भएको खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीपछि संकटाका पाँच खेलबाट ६ अंक जोड्दै सातौं स्थानमा छ । संकटाको यो तेस्रो बराबरी हो । हिमालयन शेर्पाको ५ खेलबाट ५ अंक छ ।

सातदोबाटो युथ क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय