
२ चैत, काठमाडौं। नेपाली विद्यार्थी संघले क्याम्पस प्रशासनलाई अनुचित दबाब नदिने प्रतिवद्धता गरेको छ । संघले पठनपाठनमा अवरोध नपुर्याउने प्रतिज्ञा गरेको हो ।
‘विद्यार्थीको नियमित पठनपाठनलाई असर पर्ने गरी तालबन्दी, तोडफोड, र अनैतिक क्रियाकलाप’ संघले नगर्ने प्रतिवद्धता गरिएको छ । क्याम्पसको सम्पत्ति दुरुपयोग र अनैतिक हिसाबले हुने चन्दा असुली नगर्ने बिहीबार सार्वजनिक गरेको घोषणापत्रमा संघले उल्लेख छ ।
संघले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनाव केन्द्रित घोषणापत्रमा ‘एनएसयू एप र वेबसाइट’मार्फत सबै संकाय र तहका पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिवद्धता गरिएको छ ।साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा पाठ्यपुस्तक नपुग्ने समस्यालाई समाधान गर्न समयमै अनगुमन गरी उक्त क्षेत्रमा पाठ्यपुस्तक पुर्याउने संघले पहल गर्ने जनाइएको छ ।
यस्तै माध्यमिक शिक्षा सबैलाई अनिवार्य र नि : शुल्क बनाउने संघले घोषणापत्रमा उल्लेख गरिएको छ । ७७ वटै जिल्लामा कम्तिमा पनि १ वटा आंगिक क्याम्पस स्थापना गर्न पहल गर्ने संघले जनाएको छ ।
कूल बजेटको १० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्न संघले पहल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । यस्तै खोज अनुसन्धान गर्न इच्छुक विद्यार्थीलाई अनुसन्धान कोषको व्यवस्थाका लागि संघले आवाज उठाउने प्रतिवद्धता गरिएको छ ।
‘एक प्रदेश एक मेडिकल कलेज’का लागि सरकारलाई दबाब दिने, निजी मेडिकल कलेजले निर्धारित शुल्कभन्दा बढी असुल्न नदिने संघले प्रतिवद्धता व्यक्त गरेको छ ।
घोषणापत्रमा नेविसंघको इतिहासलाई महत्व दिइएको छ । माउ पार्टीले सार्वजनिक गरेको चुनाव केन्द्रीत घोषणापत्रको नक्कल नेविसंघले गरेको छ ।
संघले आफूले गर्ने/नगर्ने काममासमेत प्रतिवद्धता गरेको छ । विद्यार्थीको हितविपरीत व्यक्तिगत स्वार्थको निमित्त सम्झौता नगर्ने संघले संकल्प गरेको छ ।
हेर्नुहोस् नेविसंघको चुनावी घोषणापत्रको पूर्ण पाठः
प्रतिक्रिया 4