+
+

सरकारबारे खिलराज रेग्मीको टिप्पणी : वल्लो घरको नरे पल्लो घर सरे

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १७:५५

२ चैत, काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन परिवर्तन गरेकामा ब्यंग्यात्मक टिप्पणी गरेका छन् ।

बिहीबार फोकस नेपालले आयोजना गरेको कार्यक्रममा उनले सरकार गठन गर्ने र कसरी टिकाउने भन्ने कुरा मात्रै दलहरुको प्राथमिकतामा परेको बताए ।

‘…सरकार स्थिर हुन सकेको छैन । विगतदेखिको अनुभव यस्तै छ । सरकार गठन गर्ने र कसरी टिकाउने भन्ने क्रियात्मक श्रृङ्खला प्राथमिकतामा परेको छ । ‘वल्लो घरको नरे पल्लो घर सरे’ भन्ने नेपाली उखान चरितार्थ हुँदैछ’ उनले भने ।

१० पुसमा नेकपा एमालेसँग मिलेर प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई साथ दिएका थिए ।

मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीले कानूनी सुधार, भौतिक पूर्वाधारमा सुधार अनि शिक्षण सिकाइमा सुधार गरेमा नेपालको विद्यालय शिक्षा अगाडि बढाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?