+
+

भारतमा पीईसीको १४ औं बैठक : बिजुली भाडा पुनरावलोकन गर्ने नेपालको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते ८:२२

३ चैत, काठमाडौं । नेपाल–भारत पावर एक्सचेन्ज कमिटी (पीईसी) को १४ औं बैठक भारतको नयाँदिल्लीमा आजदेखि सुरु हुँदैछ ।

बैठकमा सहभागी हुन ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधु भेटवाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत बिहीबारै भारत गइसकेका छन् ।

बैठकमा नेपालले भारतबाट आयात हुँदै आएको बिजुलीको भाडा शुल्क घटाउने प्रस्ताव राख्ने छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार ११ औं बैठकले तय गरेको बिजुलीको भाडा पुनरावलोकनको प्रस्ताव नेपालले राख्ने छ ।

नेपालले आवश्यकता परेको बेला भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्डका विभिन्न प्रसारण विन्दुबाट बिजुली आयात–निर्यात गर्दछ ।

पीईसीको ११ औं बैठकले १३२, ३३ र ११ केभी प्रसारण इनबाट आयात गर्ने विद्युतको प्रतियुनिट भाडा भारु क्रमशः ५.५५, ६ र ६.४५ रुपैयाँ तय गरेको थियो । १२ र १३ बैठकले पनि त्यसैलाई निरन्तरता दिएको थियो । यसअघि निर्धारित बिजुली भाडामा भारतले वार्षिक साढे ५ प्रतिशत मूल्य वृद्धिको प्रस्ताव राखेको छ । तर नेपालले भने भारतको प्रस्ताव मानेको छैन ।

नेपालमा वर्षायाममा बढी उत्पादन भएको बिजुली भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्डका वितरण केन्द्रलाई बिक्री गर्ने विषयमा पनि आजको बैठकमा छलफल हुने छ ।

नेपालले भारतीय प्रतिस्पर्धी बजारबाट बोलकबोलका आधारमा बिजुली आयात–निर्यात गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?