+
+

उपराष्ट्रपतिलाई भोट हाल्न ट्रमा सेन्टरबाट एम्बुलेन्समा संसद भवन पुगे आजाद

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १४:३१
एम्बुलेन्समा मतदान गर्न संसद भवन पुगेका आजाद । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

३ चैत, काठमाडौं । उपराष्ट्रपति चुनावमा मतदानका लागि जनता समाजवादी पार्टी जसपाका सांसद मोहमद अब्दुल कलाम आजाज ट्रमा सेन्टरबाट संसद भवन नयाँ बानेश्वरमा पुगेका छन् ।

मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्री समेत रहेका आजादले खुट्टामा चोट लागेका कारण ट्रमा सेन्टरमा उपचार गराइरहेका थिए ।

त्यसैले उनलाई मतदानका लागि ट्रमासेन्टरबाट संसद भवन लागिएको थियो ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?