+
+

स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १६:१५

३ चैत, वीरगञ्ज। बाराको कलैयामा शुक्रबार बिहान स्कुल बसको ठक्कर ३ वर्षीय बालकको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका-१ मोतीबागका विनोद साह सोनारका छोरा तीन बर्षीय कार्तिक साह सोनारको मृत्यु भएको हो ।

वीरगञ्ज स्थित गुरुकुल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?