+
+
Shares

‘पर्यटन विकासका लागि एकीकृत तथ्यांक प्रणाली आवश्यक’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १७:२०

३ चैत, काठमाडौं । पर्यटक विकासका लागि एकीकृत तथ्यांक प्रणाली आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । विश्व पर्यटन संगठन एनडब्लुयुटीओ, नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजनामा काठमाडौंमा सञ्चालित वेटर डाटा फर वेटर टुरिजम इन साउथ एशिया एण्ड प्यासिफिक नामक कार्यशालामा सहभागीले यस्तो बताएका हुन् ।

कार्यशाला चैत्र १ देखि ३ गतेसम्म (मार्च १५ देखि १७) सम्म चलेको हो । कार्यशालामा नेपाल, भारत, बगंलादेश, मलेशिया, माल्दिप्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेनसहित ११ देश तथा युएनडब्लुयूटीओका प्रतिनिधि सहभागी भए ।

विश्व पर्यटन संगठनले विश्व पर्यटनका विभिन्न आयामहरुमा छलफल गर्दै पर्यटन उद्योगलाई चलायमान गराउन विभिन्न क्षेत्रमा यस प्रकारका कार्यक्रम गर्दै आइरहेको छ । सोही क्रममा क्षेत्रीय कार्यक्रम नेपालमा आयोजना गरिएको हो । कार्यशालाले पर्यटन विकास र विस्तारका लागि पर्यटकीय तथ्यांकमा जोड दिएको छ । यसका आधारमा नयाँ योजना र कार्यक्रम निर्माण गर्नु पर्नेमा सहभागीले जोड दिए ।

कार्यक्रम समापन सत्रमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले पर्यटन क्षेत्रको संख्यात्मक तथा गुणात्मक विकासका लागि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने बताइन् । उनले कार्यशालामा भएका छलफल र यसबाट निस्केको निष्कर्षले एशिया तथा प्याशिफिक क्षेत्रको पर्यटनलाई नयाँ गति दिने बताइन् । उनले नेपालमा महत्वपूर्ण र गहन कायक्रम आयोजना गरेकोमा युएनडब्ल्युटीओलाई धन्यवाद दिइन् ।

सो अवसरमा संयुुक्त राष्ट्रसंघ अन्र्तगत विश्व पर्यटन संगठनका एक्सटर्नल रिलेसन निर्देशक बेका जकेली ले कुनै पनि नीतिका लागि तथ्यांकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै पर्यटन विकासको लागि यसको प्रयोग झनै बढि आवश्यक भएको बताउनु भयो । उनले हरेक देशलाई सहि विधि, प्रक्रिया, धेरै स्रोतबाट तथ्याङ्क संकलन गरि त्यसको विश्लेषण गरी स्याटेलाइट अकाउण्ट तयार पार्न आग्रह गरे ।

तीन दिवसीय कार्यशालामा पर्यटनसंग सम्बन्धित विभिन्न सेसनमा एक दर्जन बढि कार्यपत्र प्रस्तुतिकरण गरिएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?