+
+

राष्ट्रपति पौडेलले प्रदेश र संघीय सांसदलाई  शीतलनिवास बोलाए 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १७:५८

३ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र संघीय सांसदहरुलाई शनिवार बिहान ९ बजे शीतलनिवासमा आमन्त्रण गरेका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु पनि काठमाडौंमा छन् ।

उनीहरु समेतलाई राष्ट्रपति पौडेलले शीतलनिवास बोलाएर धन्यवाद दिन लागेका हुन् ।

लोकतान्त्रिक समाजवादीका सांसद रामप्रकाश चौधरीले आफूलाई राष्ट्रपति पौडेलले शितलनिवासमा आमन्त्रण गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?