+
+

राष्ट्रिय एकता मजबुत बनाउन इमानदारीपूर्वक लाग्नेछु : उपराष्ट्रपति यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १९:२३

३ चैत, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रासहायप्रसाद यादवले संविधान रक्षा र पालना गर्दै मुलुकको राष्ट्रिय एकता मजबुत बनाउन इमानदारीपूर्वक लाग्ने बताएका छन् ।

शुक्रबार निर्वाचित भइसकेपछि प्रतिक्रिया दिने क्रममा यादवले भने, ‘नेपालको संविधान,ऐन, कानुन बमोजिम आफ्नो भूमिका निर्वाह गर्नेछु । उपराष्ट्रपति पदको काम, कर्तव्य र अधिकार अनुुसार भूमिका निर्वाह गर्नेछु ।’

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन आफ्नो तर्फबाट गर्न सकिने प्रयासलाई इमानदारीपूर्वक भूमिका निर्वाह गर्ने उनले बताए ।

शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

नेपाली  कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यले मत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?