+
+

८६ हजार विद्यार्थीलाई झोला वितरण गर्दै मधेश सरकार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते ९:२२

४ चैत, जनकपुरधाम । मधेश सरकारले प्रदेशभरिका ८६ हजारभन्दा बढी विद्यार्थीलाई झोला वितरण गरिरहेको छ ।

शिक्षा विकास निर्देशनालयमार्फत आठवटै जिल्लाको सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत्त ८६ हजार ५२३ विद्यार्थीलाई एउटा ज्योमेट्रीबक्ससहित झोला वितरण थालेका हो ।

मधेश प्रदेशको नामाकरण भएपछि आठवटै जिल्लाको गल्लीगल्ली घरघरमा ‘मधेश प्रदेश’ नाम प्रचार, मधेश सरकारको अनुभूति तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले झोला वितरण गरिरहेको निर्देशनालयका निर्देशक चुडामणि फुयालले जानकारी दिए ।

‘मधेश प्रदेश नामाकरण भएपछि सो अवसरमा केही गरेर संदेश दिनु पर्‍यो भन्ने मधेश सरकारको सोच थियो । पछि झोला वितरण गरेर नै मधेश प्रदेशको प्रचारप्रसार उपयुक्त र विद्यार्थीलाई प्रोत्साह पनि हुन्छ ठानेर चलु आर्थिक वर्षको लागि सरकारले ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो,’ निदेर्शशक फुयालले भने, ‘त्यही अनुासर खरिद गरेर कक्षा ९ का विद्यार्थीलाई वितरण गर्दै छौं ।’

गत फागुन २८ गतेबाट सुरु भएको झोला वितरण गर्ने काम हालसम्म सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही गरी पाँचवटा जिल्लाको ४६१ विद्यालयको ५६ हजार १६६ विद्यार्थीलाई झोला वितरण गरिसकिएको छ ।

निर्देशक फुयालका अनुसार सप्तरीका ८६ विद्यालयमा ९ हजार ९८१ वटा, सिरहाका ८७ विद्यालयमा १० हजार ८००, धनुषाका ९४ विद्यालयमा ११ हजार ९८३, महोत्तरीका ९७ विद्यालयमा ११ हजार ७६ वटा र सर्लाहीका ९७ विद्यालयका १२ हजार ३८९ वटा झोला वितरण गरिएको हो ।

‘मधेश प्रदेश सरकार, समाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय, जनकपुरधाम धनुषा, कक्षा ९ का विद्यार्थीलाई ज्योमेट्रीबक्ससहितको झोला वितरण कार्यक्रम’ सबै झोला र ज्योमेट्रीबक्समा उल्लेख छ ।

चालु आर्थिक वर्षको ६ करोड बजेटबाट बोलपत्र मार्फत निर्देशनालयले न्यूँ आननन्द डिजाइनर कम्पनीबाट ज्योमेट्रीबक्सहितको ८६ हजार ५२३ झोला ५ करोड ८ लाख ७५ हजार ५२४ मा खरिद गरेको छ ।

आपूर्तिकर्ता कम्पनीले नै सबै जिल्लाको सदरमुकममा विद्यालयहरुका लागि झोला आपूर्ति गरिदिने गरेको निर्देशनालयले जनाएको छ । ज्योमेट्रीबक्ससहित प्रति झोला ५८८ रुपैयाँ खरिद मूल्य परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?