+
+

अटिजम सचेतनाका लागि टुँडिखेलमा गुञ्जियो १९७४ एडी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते ११:३९

काठमाडौं । नेपाली रक ब्याण्ड १९७४ एडी यतिबेला देश-विदेशको सांगीतिक दौडाहामा व्यस्त छ । गत महिनासम्म यसले विदेशस्थित नेपाली डायस्पोरामा टुर गर्‍यो । यतिबेला भने ब्याण्ड स्वदेशको टुरमा छ । शनिबार काठमाडौंको टुँडिखेलमा ब्याण्डलाई सुन्न सयौं दर्शक उपस्थित भए ।

अटिजमसम्बन्धी चेतना जगाउने उद्देश्यले ब्याण्डले च्यारिटी कन्सर्टको आयोजना गर्‍यो । ‘इम्ब्रेस अटिजम’ भन्ने स्लोगनसहित आयोजित कन्सर्टमा हिट ट्रयाकहरु गुञ्जिए र दर्शकले हिउँदे झरीले केही चिसिएको काठमाडौंमा रकगीतसँगै मनोरञ्जन लिए । कन्सर्ट आयोजनाका लागि काठमाडौं महानगरपालिका र अटिजम केयर नेपाल सोसाइटीले सहकार्य गरेका थिए ।

दर्शकले निःशुल्क सहभागिता लिन पाए । कन्सर्टमा काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलदेखि अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्कसम्म सहभागी भए । लेखकसमेत रहेकी राजदूत भल्क ब्याण्डका गीतहरुमा झुमेकी थिइन् । हिमालय टेलिभिजन एचडी र इभेन्ट सोलुसनले पनि कन्टर्समा सहकार्य गरे ।

ब्याण्डले अटिजम सचेतनाको महत्वपूर्ण विषयसँग जोडिएर सांगीतिक प्रस्तुति दिन पाउँदा खुसी लागेको बताएको छ । ‘अटिजमले बोलेको छ र हामीले सुन्ने बेला आएको छ,’ कन्सर्टअघि ब्याण्डद्वारा जारी वक्तव्यमा उल्लेख छ । कन्सर्टमा लिड भोकलिस्ट एड्रिन प्रधानले ब्याण्डका चर्चित गीतहरु गाउँदा तन्नेरी दर्शक र श्रोताले खुसीले रमाएका थिए ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?