+
+

देशभरका उद्योगलाई वातावरणमा पारेको प्रभावबारे स्वःअध्ययन प्रतिवेदन बुझाउन ताकेता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १३:०३

५ चैत, काठमाडौं । देशभरका उद्योगलाई सरकारले आफ्नो उद्योगबाट वातावरणमा पारेको प्रभावबारे स्वःअध्ययन प्रतिवेदन बुझाउन ताकेता गरेको छ ।

वातावरण विभागले आइतबार एक सूचना प्रकाशित गर्दै उद्योग, प्रतिष्ठान र आयोजनालाई यस्तो प्रतिवेदन बुझाउन ताकेता गरेको हो । धेरैजसो उद्योग, प्रतिष्ठानले यस्तो प्रतिवेदन बुझाउँदैनन् ।

यसप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागले कानुन अनुसार स्वःअध्ययन प्रतिवेदन बुझाउनु पर्ने भनी तोकिएका सबै कम्पनीलाई यस्तो प्रतिवेदन बुझाउन भनेको हो । वातावरण संरक्षण नियमावलीको नियम ४५ अनुसार यस्तो प्रतिवेदन नबुझाए कानुन अनुसार कारवाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।

नियम अनुसार प्रस्तावकले निर्माण तथा सञ्चाल गर्ने चरणमा सोबाट वातावरणमा परेको प्रभावबारे हरेक ६ महिनामा स्वःअध्ययन गरी प्रतिवेदन विभागमा बुझाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?