+
+

टीकापुरमा चैत २५ देखि तीन दिने साहित्य महोत्सव हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १३:५६

काठमाडौं । चैतको अन्तिम साता कैलालीमा ‘टीकापुर साहित्य महोत्सव’ हुने भएको छ । स्थानीय साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले चैत २५ गतेदेखि तीन दिनसम्म महोत्सव आयोजना गर्न लागिएको आयोजक टीकापुर साहित्य समाजले जनाएको छ ।

महोत्सवमा सुदूरपश्चिम प्रदेशको नेपाली खस भाषा, डोटेली सभ्यता, सम्पदा, इतिहास र पर्यटनबारे विमर्श गरिनेछ । महोत्सवमा हरेक साँझ काव्यसन्ध्या, गजलसन्ध्या, संगीतसन्ध्या हुनेछ । महोत्सवले स्थानीय साहित्यकार, कलाकार, राजनीतिक अगुवा, उद्यमी, पर्यटन व्यवसायीलाई गोलबद्ध गरी टीकापुर क्षेत्रको विकासको सम्भाव्यताबारे पनि चर्चा परिचर्चा गरिनेछ । महोत्सवमा देशभरबाट कवि, लेखक र कलाकारको जमघट हुनेछ ।

महोत्सवको अवसर पारेर भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान गर्ने विशिष्ट साधकलाई सम्मान, पुरस्कार र अभिनन्दन समेत गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?