
५ चैत, काठमडौं । काठमाडौं महानगरपालिकाले जथाभावी विज्ञापनको पर्चा–पम्पलेट बाँडेर फोहोर गरेको भन्दै एक रोजगार कम्पनीलाई कारबाही गरेको छ ।
महानगरपालिकाले काठमाडौं ७ मा रहेको सादना जबलाई प्रशासनिक दण्ड जरिवाना अन्तर्गत फोहोर मैला गरे वापत ५ हजार रुपैयाँ तिराएको हो ।
काठमाडौं महानगरपालिका सफा राख्ने प्रयास गरेको भन्दै आफ्नो विज्ञापनको पर्चा, पम्पलेट, फ्लेक्सबाट फोहोर भएर महानगरले जरिबाना तिराउने जनाएको छ ।
काठमाडौं महानगरपालिकाले यसअघि जथाभावी फोहोर फाल्ने संस्था, सवारी साधनलाई पनि जरिबाना तिराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4