+
+

पाल्ही बहुमुखी क्याम्पसमा जनमत निकट विद्यार्थी संगठन विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते ७:३२

६ चैत, बुटवल । पश्चिम नवलपरासीको पाल्ही बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट विद्यार्थी संगठन विजयी भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वका लागि भएको चुनावमा ठूला दल निकट विद्यार्थी संगठनलाई पाखा लगाउँदै प्रत्यक्षतर्फ जनमत विद्यार्थी संघले प्यानलै जितेको हो ।

स्ववियु सभापतिमा जनमत विद्यार्थी संघका वृजनन्दन कुर्मी २८ मतान्तरले विजयी भएका छन् । कुर्मीले १२८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी अनेरास्ववियुसहितको संयुक्त प्यानलका कृष्ण पटेलले १०० मत पाएका छन् ।

त्यस्तै नेविसंघका सुनिल कुमार गौडले ९८ मत पाएका छन् ।

पाल्ही क्याम्पसमा कुल ३२९ मत खसेको थियो । जसमध्ये ९४ छात्र र २ सय ३५ छात्रा रहेको निर्वाचन संयोजक सुर्यनाथ दास पटेलले जानकारी दिए ।

सचिवमा पनि जनमत विद्यार्थी संघका प्रेम सागर यादव १४५ मत ल्याएर विजयी भए । सचिवमा नेविसंघका शिवप्रसाद हजामले ९६ र अनेरास्ववियुको संयुक्त प्यानलकी रामाकान्ती थारुले ७९ मत पाइन् ।

कोषाध्यक्षमा जनमत विद्यार्थी संघका सितुकुमारी पटेल १३० मत ल्याएर विजयी हुँदा नेविसंघका प्रतिमा यादव र संयुक्त प्यानलका प्रविन कुमार हरिजनले समान ९७ मत ल्याएर पराजित भए ।

यस्तै सदस्यहरुमा पनि जनमत विद्यार्थी संघका सबै उम्मेदवार विजयी भएका छन् । प्रत्यक्षतर्फ सदस्यमा सामलाल लोनिया, अमित कुमार सहानी, सदानन्द कुमार नाउ, जवाहिर गुप्ता र शिवसागर गिरी विजयी भएका छन् ।

यसैगरी समानुपातिक प्रणाली अन्तर्गत जनमतले सबैभन्दा बढी १४७ मत पाएको छ । नेविसंघले १०२ मत पाउँदा अनेरास्वियुसहितको संयुक्त प्यानलले जम्मा ७९ मत प्राप्त गरेका छन् ।

समानुपातिकको सात सदस्यमध्ये जनमतले तीन, नेविसंघ र अनेरास्ववियु प्यानलले २/२ सदस्य पाएका छन् ।

पाल्ही क्याम्पसमा कुल ३२९ मत खसेको थियो । जसमध्ये ९४ छात्र र २ सय ३५ छात्रा रहेको निर्वाचन संयोजक सुर्यनाथ दास पटेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?