+
+

स्ववियु निर्वाचन : मोरङका ४ क्याम्पसमा अनेरास्ववियु विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते ९:१३

६ फागुन, विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मोरङका चार वटा क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । डिग्री क्याम्पस विराटनगर, विराटनगर नर्सिङ क्याम्पस, लेटाङ बहुमुखी क्याम्पस, रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी भएको हो ।

उर्लाबारी बहुमुखी क्याम्पस र पथरी बहुमुखी क्याम्पसमा नेपाव विद्यार्थी संघ विजयी भएको छ ।

डिग्री क्याम्पस विराटनगरको सभापतिमा  अखिल क्रान्तिकारीका उम्मेदवार शशि यादवलाई पराजित गर्दै अनेरास्ववियुका निर्मल गजुरेल निर्वाचित भएका छन् । उनी १२३ मतका साथ विजयी भएका हुन् ।  शशी यादवले ११८ मत ल्याए । सचिवमा नेपाल विद्यार्थी संघका विराज बराल विजयी भएका छन् ।

विराटनगर नर्सिङ क्याम्पसको सभापतिमा नेविसंघ उम्मेदवार स्मारिका बराललाई पराजित गर्दै अनेरास्वविय उम्मेदवार प्रशंशा पौडेल विजयी भएकी छन् । नर्सिङ क्याम्पसकाे  सचिवमा अनेरास्ववियुकी मनिषा श्रेष्ठ  विजयी भएकी  छन् ।

लेटाङ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा  नेविसंघ उम्मेदवार लेखनाथ दाहाललाई पराजित गर्दै अनेरास्ववियुका उम्मेदवार छवl श्रेष्ठ निर्वाचित भएका छन् ।

रमाईलो बहुमुखी क्याम्पसमा अनेरास्ववियु उम्मेदवार मालती रेग्मी विजयी भएकी छन् । अखिल  क्रान्तिकारीका उम्मेदवार अनिष कार्कीलाई पराजित गर्दै रेग्मी विजयी भएकी हुन् । सो क्याम्पसको सचिवमा खगेन्द्र लुइटेलसहित अनेरास्ववियुको प्यानल नै विजयी भएको  छ ।

उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेदवार विवेक कार्की विजयी भएका छन । उनले अनेरास्ववियु उम्मेदवार प्रीति दाहाललाई पराजित गरे ।

पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका केशव राई विजयी भएका छन् । ३७० मतसहित थुलुङ विजयी हुँदा अनेरास्ववियुका उम्मेदवार उज्वल लकान्द्री १७६ मत पाएका थिए ।

खदम क्याम्पस, केराबारीको सभापतिमा अखिल क्रान्तिकारीका सिमान्त लुइटेल निर्विरोध निर्वाचित भएका छन् ।

स्ववियु निर्वाचन भएको महेन्द्र मोरङ क्याम्पसमा मतगणना जारी छ । सुकुना बहुमुखी क्याम्पसमा भने आज मतदान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?